जनकौली मध्यवर्ती सामुदायिक वनमा वनदेवि पूजा

चितवन, ६ कार्तिक । चितवनको रत्ननगर नगरपालिका–५, स्थित जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा आज ९सोमबार० वनदेवी पूजा गरिएको छ ।

 

नेपालीहरुको महान् चाड बडा दशै, तिहार, नेपाल सम्वत, छठलगायत पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसंगै वनदेवी पूजा गरिएको वनका अध्यक्ष जोगेन्द्र महतोले जानकारी दिए ।

 

कार्यक्रमको प्रमुख अतिथि वडा नं। ६ का वडा अध्यक्ष किरण चौधरी रहेका थिए । सो क्रममा बोल्दै वडा अध्यक्ष चौधरीले वन र उपभोक्ता एकअर्कामा हातेमालो गर्दै वनजंगल जोगाउनमा जोड दिए । वन र वन्यजन्तु नभए मानव जीवन नै संकटमा पर्ने भन्दै वनजंगल संरक्षणमा सबै एकजुट हुनुको विकल्प नभएको बताए । कार्यक्रममा बोल्दै रत्ननगर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईले पर्यापर्यटन लागि जनकौली सामुदायिक वनलाई अन्य सामुदायिक वन जस्तै सबल बनाउन वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

यस्तै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले सामुदायिक वनमा पर्यटक बढाउन सबै संघसंस्थाहरु एक भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जोगेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Share:

सम्बन्धित समाचारहरु