चितवन (कालिका) २९ भदौं । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ कालिका नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजनागरी ५९ औं राष्ट्रिय बाल दिवस मनाएको छ । महिला सञ्जालको सभाहलमा शुक्रवार आयोजना गरिएको वतृत्वकला प्रतियोगीतामा भीमोदय नमुना माध्यमिक विद्यालय पदमपुरकी रेश्मा अधिकारी प्रथम भएकी छन् ।
यस्तै राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरकी आरेस्ना महतो द्धितिय भएकी छन् । यस्तै पृथ्वी माध्यमिक विद्यालय जुटपानीका विराज गुरुङ तृतिय हुन सफल भए । नगरक्षेभित्रका विद्यालयहरुवाट ८ जना विद्यार्थी सहभागी भएको वतृत्वकला प्रतियोगीतामा जमुनापुर माध्यमिक विद्यालयकी करिष्मा पाण्डे र पृथ्वी माध्यमिक विद्यालयकी सुजिना चेपाङले सान्त्वना स्थान हात पारेका छन् ।
सहभागी मध्ये प्रथमहुनेलाई ५ हजार , दोश्रोहुनेलार्य ४ हजार, तेश्रोहुने विद्यार्थीलाई ३ हजार र सान्त्वना स्थान हात पारेकी दुईजनालाई जनहि २ हजार रुपैयाँका दरले नगद सहित प्रमाण पत्र प्रदान गरिएको कालिका नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाकी नानीमैैया पौडेलले जानकारी दिनुभयो ।
चित्रकला प्रतियोगीताको निर्णायक मण्डलमा मानवहादुर तामाङ र चौधरी आर्टस्का तीर्थराज चौधरी रहनुभएको थियो ।
यस्तै शुक्रवार नै आयोजना गरिएको आधारभूत विद्यालय स्तरिय चित्रकला प्रतियोगीतामा आधारभूत विद्यालय बनकट्टाकी नस्मी कुमाल प्रथम हुन सफल भइन । यस्तै आधारभूत विद्यालय जुटपानीकी मन्जिला परियार द्धितिय भएकी छन् । यस्तै चक्रदेवी आधारभूत विद्यालय गैरीबारीकी प्रतिक्षा गुरुङ तृतिय हुन सफल भइन ।
यस्तै २ विद्यार्थीहरु चर्तुमुखी माध्यमिक विद्यालय शक्तिखोरकी बगैन श्रेष्ठ र आधारभूत विद्यालय जनहित पदमपुरका क्षितिज हायूराईले सान्त्वना स्थान हात पारे । चित्रकला प्रतियोगीतामा प्रथम हुनेलाई ४ हजार रुपैयाँ, द्धितिय हुनेलाई ३ हजार रुपैयाँ, तृतिय हुनेलाई २ हजार र सान्त्वना स्थान हासिलगर्ने दुईजनालाई जनही एक एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । चित्रकला प्रतियोगीतामा नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयका ३३ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
वतित्वकला प्रतियोगीताको निर्णायकमा नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिराम कडुवाल, प्रशासनीक शाखाका सुरज हमाल र शिक्षिका सुनिता भट्टराई निर्णाक मण्डलमा रहनुभएको थियो ।
५९ औं राष्ट्रिय बालदिवसको अवसरमा नगरपालिकाले राम्रो जिपिए ल्याएर पासहुने कक्षा ८ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलार्य नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा माध्यमिक शिक्षा उतिर्ण परीक्षा (कक्षा १२) मा ३.४५ जिपिए ल्याउने भीमोदय नमुना माध्यमिक विद्यालयका सुलभ गुरुङ र ३.३७ जिपिए ल्याउने चतुर्मुखी माध्यमिक विद्यालयकी सरस्वती रायमाझी रहेका छन् । दुवैजनालाई नगद ६ हजार सहित प्रमाणपत्र र दोसल्लो ओढाएर सम्मान गरिएको हो ।
यस्तै माध्यमिक शिक्षा परीक्षा कक्षा १० ( एसईई) मा २ वटा सामुदायिक विद्यालयका र २ वटा संस्थागत विद्यालयका विद्यार्थीहरु सम्मानित भएका छन् । सम्मानित हुनेमा सामुदायिक तर्फ भीमोदय नमुना माध्यमिक विद्यालयका दिवाकर घिमिरे ( ३.६५ जिपिए) सम्पुर्ण चालिसे (३.६५ जिपिए) सन्देश घिमिरे (३.६५जिपिए) सम्मानित भएको हो । यस्तै पृथ्वी माध्यमिक विद्यालयका मक्षम बोगटी (३.६५जिपिए )पनि सम्मानित भएको हो । यस्तै संस्थागत तर्फका मुनलाईट इङ्लिस स्कुलका मनिस कुमाल ( ३.८० जिपिए) र युनिस्का पौडेल (३.८०जिपिए) सम्मानित भएका छन् । यस्तै संस्थागततफर्ककै सिद्धि विनायक बोर्डिङ स्कुलका सन्तोष आचार्य ( ३.८० जिपिए) पनि सम्मानित भएका छन् । सम्मानित विद्यार्थीेहरुलाई जनहि ५ हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।
यस्तै आधारभूत तह शिक्षा उर्तिण परीक्षा कक्षा आठमा नगरक्षेत्रकै सामुदायिक र संस्थागत विद्यालयहरु मध्ये धेरै जिपिए ल्याउने २ जना विद्यार्थीहरुलाई पनि नगद सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा भीमोदय नमुना माध्यमिक विद्यालयकी आरधनाकुमारी गुप्ता र चित्रवन सेकेण्डरी स्कुलका अश्विन सापकोटा सम्मानत सम्मानित भएका हुन । उनीहरु दुवैजनालाई जनही ४ हजार रुपैयाँका दरले नगदसँगै प्रमाण पत्रले सम्मान गरिएको हो ।
यस्तै कालिका आएटिएफ तेक्वान्दो संघका ३ खेलाडी र एकजना प्रशिक्षक सहित चारजनालाई नगद सहित सम्मान गरिएको छ । भासरतको हैदराबाद शहरमा भएको सातौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्वगर्दै सहभागी भएका खेलाडीहरुलाई कालिका नगरपालिकाले सिगो मुलुक र नगरको शीर उच्च बनाई पदक ल्याउन सफल भएको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।
सम्मानित हुनेमा १ स्वर्ण, २ रजत र २ कास्य पदक ल्याउन सफल खेलाडी कालिका ४ का सुनिल महतो, कालिका २ की रुविका खड्का, उनले २ स्वर्ण र ३ रजत ल्याउन सफल । यस्तै कालिका २ कै सुस्मिता तामाङ, यिनले २ स्वर्ण र ३ रजत ल्याउन सफल भएकी थिइन । यस्तै प्रशिक्षक मनोज थापामगरलाई उत्कृष्ट प्रशिक्षकको रुपमा सम्मान गरिएको हो ।
खेलाडी र प्रशिक्षकलाई जनही ६ हजार रुपैयाँ नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो । कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, वडा अध्यक्ष शन्तवीर स्याङतान, दीपक भट्टराई लगायतको उपस्थिती थियो । कार्यक्रम सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो । समावेशी शिक्षा परियोजना अन्तर्गत अटिजिम केयर चितवन सोसाईटी र ह्याण्डीक्याप इन्टरनेशनलसँगको सहकार्यमा नगरपालिका अन्तर्गत महिला बालबालिका तथा जेष्ठनागरिक शाखाले कार्यक्रम आयोजना गरेको हो ।
\ 

























