भरतपुरका मेडिकल कलेज र अस्पतालले १० प्रतिशत बेड विपन्न वर्गलाई नदिए कार्वाही हुन्छाः वडा अध्यक्ष खनाल

-सिमोन चौधरी । सेतोनेपाल
भरतपुर, ८ असार । चितवनका साना ठूला मेडिकल कलेज र अस्पतालहरुले गरिब र बिपन्नवर्गलाई दिने भनेर कबुल गरेको स्वास्थ्य सेवा निशुल्क नगरे कार्वाही गर्ने भरतपुर वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनालले बताएका छन् ।

महानगर क्षेत्रमा मापदण्ड विपरित बनेका संरचना हटाउने क्रममा संचारकर्मीहरुसँग कुरागर्दै वडा अध्यक्ष खनालले यो विषयमा चितवनको भरतपुर मेडिकल कलेज(पुरानो मेडिकल) र चितवन मेडिकल कलेज(नयाँ मेडिकल कलेज)लाई ३५ दिने सूचना दिइसकेको जानकारी दिए ।

मेडिकल संचालनका लागि राज्यसँग स्वीकृति लिनेबेला १० प्रतिशत बेड विपन्नवर्गलाई निशुल्क गछौं भनेका छन् । त्यो सरकारी अस्पताल बाहेक कतैपनि लागु नभएका उनले बताए । स्वीकृतिलिने बेला नीतिगत रुपमा गरेको बाचा पुरानगर्ने मेडिकल कलेज बन्दहुनेछ । वडा अध्यक्ष खनालले भने– सबै जनप्रतिनिधि गएरनै बन्दगर्नेछौं ।

निजी अस्पतालहरुले पनि गरिब र विपन्न वर्गका लागि ५ प्रतिशत बेड छुट्याउनुपर्ने उनको भनाई छ । भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल लगायत भरतपुरका प्राइभेट अस्पातले ५ प्रतिशत बेड गरिब, दिनदुखी र विपन्नवर्गलाई छुट्याउनुपर्ने उनले बताए । यसका लागि आवश्यक सूचना पठाइसकिएको उनले बताए । यो सुविधा नदिने कुनैपनि अस्पताललाई कडा कार्वाहीगर्नेछौं उनले थपे ।

राज्यसँग गरेको बाचा पुरा नगरे नीतिगत भ्रष्ट्रचार सावित हुने र त्यो पुरानगर्ने अस्पातलहरुको विषयमा मन्त्रीपरिषद सम्म लिखित प्रतिवेदन पठाउने वडा अध्यक्ष खनालले बताए ।–00–

Share:

सम्बन्धित समाचारहरु