नेपालको पहिलो विकेट पतन, आशिफ शेख आउट

काठमाण्डौं, ५ असार । आईसीसी विश्वकप छनोटमा नेपालको पहिलो विकेट पतन भएको छ।

पाँचौं ओभरको अन्तिम बलमा ओपनर आशिफ शेख १२ रनमा सौरव नेत्रवल्करको बलमा एलबीडब्लु धरापमा परे। अमेरिकाले दिएको २ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५।१ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा कुशल भुर्तेलले ११ र भिम सार्की शुन्य रनमा नटआउट छन्।–00–

Share:

सम्बन्धित समाचारहरु