प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाण्डौ, २० असोज ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

ूनेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गुर्नभएको छ,ू राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राउतले आजै शपथ लिने र लगत्तै कार्यभार सम्हाले राष्ट्रपति कार्यालयले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु