काठमाडौं, १८ जेठ । विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरिएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु आरआर क्याम्पस कमिटीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लायात्रा निकालेको छ ।
विरोध प्रदर्शनसहितको शवयात्रापछि विद्यार्थीहरुले सांकेतिक रुपमा राष्ट्रपति र प्रधानमन्त्री काजकृयासमेत गरेका छन् ।
सांकेतिक शवमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएका छन् । — 00–