२ हजार १ सय ९३ विद्यार्थी आज दीक्षित हुँदै

कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त आज

नारायणगढ, ६ असार । कृषि तथा वनविज्ञान विश्वविद्यालयले आज आफ्नो पाँचौँ दीक्षान्त समारोह आयोजना गर्दैछ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय तथा कार्यक्रमबाट उपाधि प्राप्त गरेका २ हजार १ सय ९३ विद्यार्थी दीक्षित हुनेछन्। दीक्षित हुनेमध्ये १ हजार ८ सय ३६ जना स्नातक, ३ सय २७ जना स्नातकोत्तर तथा ३० जना विद्यावारिधि तहका विद्यार्थी रहेका छन्।

विश्वविद्यालयले कृषि, पशुविज्ञान, मत्स्य विज्ञान तथा वन विज्ञान क्षेत्रमा दक्ष प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गर्दै आएको छ। स्थापना भएको १६ वर्षमा विश्वविद्यालयले हालसम्म ५ हजार ९ सय ६ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको जनाएको छ।

रजिष्ट्रार सिंहले विश्वविद्यालयले देशको कृषि तथा वन क्षेत्रको विकास र रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।–00–

Share:

सम्बन्धित समाचारहरु