चितवन, २८ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत अवस्थामा फेला परेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार बैशाख २६ गते निकुञ्जको मुख्यालय नजिकै तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैंडा मृत अवस्थामा फेला परेको हो । खाग नपलाएको उक्त केटीको (गैंडाको बच्चा ) १२ वटै खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
यस्तै बैशाख २७ गते पूर्वी सेक्टर सौराहाको पुरानो पदमपुर पटना क्षेत्र अन्तर्गत राप्ती नदी किनारमा साढे २ बर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । प्राकृतिक कारणले मरेको दावी गरिएको गैंडाको खाग र खुर सुरक्षित छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार विश्वकै दुर्लभ मानिने गैंडा चालु आर्थिक बर्षमा मात्रै १८ वटा मरिसकेका छन् । ती मध्ये ३ गैंडा चोरी शिकारीले मारेका हुन् ।–00–


