नक्कली शरणार्थी प्रकरणः कांग्रेस नेता एवम् पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो ।

०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप-१ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् ।

 

शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिबार काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए ।

यही प्रकरणमा प्रहरीले कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु