चितवन, २० असोज । चितवनको नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार गरिएको छ ।
दिउँसो १२ बजेको समयमा भरतपुर–१, नारायणी किनारस्थित बुद्धको मुत्र्ती नजिकैबाट हाम फालेकी अन्दाजी २५र३० वर्षीया महिलाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । महिलालाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको छ । पछिल्लो समय नारायणी नदीबाट हामफालेर आत्महत्या गर्ने क्रम बढेको छ ।–00–


