चितवन, २७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार नझुक्ने स्पष्ट पारेको छ ।
दाहालले सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै नक्कली शरणार्थी प्रकरणको विषयमा अनुसन्धान र कार्वाहीका लागि नेपाल प्रहरी स्वतन्त्र छ भनेको छ । उनले शुशासनको प्रतिवद्धतामा तलमाथि हुँदैन उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले यसबारे कुनैपनि प्रकारको आशंका गर्न वा भ्रम नपाल्नसबैमा अनुरोध गरेका छन् ।
निर्दोष कोही पर्दैनन, दोष्ी कोही उम्किँदैनन यसमा ढुक्कहुन भनेका छन् । यो विषयमा सरकार कसैसामु नगल्ने समेत स्पष्ट पारेको छ । –00–


