काठमाडौं, २६ असार । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।
अदालतको अवहेलना मुद्दा खेपिरहेका बालेनले वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिएका थिए ।
तर, न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले बालेनलाई वारेसको सुविधा नहुने भनेको हो । अब बालेनले आफैँ अदालतमा उपस्थित हुनुपर्ने छ ।–00–


