थारु समुदायतर्फ दीपेन्द्र र सरोजको टिमले जिते जितिया कपको उपाधी, खुल्लातर्फ मनोज र आयुषको टिम प्रथम

कालिका, २० असोज । जितिया पर्वको अवसरमा कालिकामा आयोजना गरिएको दुईदिने जिल्ला स्तरीय जितिया–कप २०८० सकिएको छ ।

थारु स्पोर्ट्स क्लब चितवनले आयोजना गरेको ब्याण्डमिन्टन प्रतियोगीतामा थारु समुदाय तर्फ दीपेन्द्र चौधरी र सरोज चौधरीको टिम प्रथम भएको छ । २२ सहभागी टिमलाई पछि पार्दै दीपेन्द्र र सरोजको टिम प्रथम हुन सफल भएको हो । प्रथमहुन सफल टिमले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै थारु समुदाय तर्फ शिवर नारायण चौधरी र बुद्धि चौधरीको टिम द्धितिय हुन सफल भएको छ । यो टिमले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रेम चौधरी र सागर चौधरीको टिम तृतिय हुन सफल भएको छ । यस्तै उमेश चौधरी र द्धारिका खवासको टिम समेत तृतियहुन सफल भएको छ । तृतिय हुने टिमलाई नगद ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

थारु समुदाय तर्फ युनिक चौधरी सर्वोत्कृष्ठ खेलाडी घोषित भएका छन् । उनले ट्रफी र मेडल प्राप्त गरेका छन् ।

यस्तै खुल्ला तर्फ बी लेभल अन्तर्गत भएको खेलमा मनोज गुरुङ र आयुष गुरुङको टिम प्रथम भएको छ । यो टिमले पनि नगद ३० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै श्रीप्रसाद श्रेष्ठ र सागर शर्माको टिम द्धितिय हुन सफल भएको छ । यिनीहरुको टिमले नगद १५ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै सुजन तामाङ र निलकण्ठ चालिसेको टिम तृतिय हुन सफल भएको छ । यिनीहरुको टिमले नगद ७ हजार सहित ट्रफी, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ । यस्तै शिव नारायण चौधरी र बुद्धि चौधरीको टिमपनि तृतिय हुन सफल भएको छ । यिनीहरुको टिमले पनि नगद ७ हजार सहित ट्रफी, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ ।

खुल्ला तर्फ सागर शर्मा सर्वोत्कृष्ठ खेलाडी घोषित भए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले यस्ताखालका खेलकुदका कार्यक्रमसँगै लागुऔषध दुव्र्यसनी न्यूनिकरणतर्फ युवाहरुको ध्यान केन्द्रीतहुनुपर्ने बताउनुभयो । कालिका नगरक्षेत्रमा निर्माण भएको कर्वडहलको भरतपुर सदुपयोगगर्न समेत युवाहरुलाई उहाँले आग्रहगर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख रेग्मीले युवा र जनप्रतिनिधिहरु मिलेर सम्बृद्ध नगर बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले लागुऔषध दुव्र्यसनी हटाउन खेलाडी युवाहरुलेपनि अभियान चलाउनुपर्ने बताउनुभयो । युवाहरु कुलतमा फस्दै गएकाले यो वाट मुक्त कसरीगराउने भन्ने विषयमा खेलाडीयुवाहरुले चासो दिनुपर्ने बेला भएको बताउनुभयो । खेलक्षेत्रको विकासका लागि रत्ननगरमा ३ वटा कवर्डहल संचालनमा आइसकेको उहाँले जानकारी दिनुभयो । थप २ वटा संचालनमा ल्याउने तयारी छ उहाँले भन्नुभयो ।

कार्यक्रममा समाजसेवी रमेशजंग थापा, सेन्ट्रल कलेज चितवनका प्रमुख चन्द्र विलास (वाइबी)पौडेल लगायत विभिन्न सहयोगी व्यक्तिहरुको सहभागीता थियो । कार्यक्रम थारु स्पोर्टस युवा क्लब, चितवनका दीपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
खेल खेलौं स्वस्थ रहौं भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगीताको सह आयोजक न्यू स्टार युवा क्लब कालिका ४ रहेको थियो ।

प्रतियोगिता सफल बनाउन कालिका नगरपालिका, रत्ननगर नगरपालिकाले आर्थिक सहयोग दिएको थियो । यस्तै समाजसेवी रमेश जंग थापाले प्रथम पुरस्कार सौजन्यगर्नुभएको थियो भने सेन्ट्रल कलेजले द्धितीय पुरस्कार सौजन्य गरेको थियो । यस्तै मञ्जु श्रीलेपनि द्धितीय पुरस्कार सौजन्य गरेको हो । यस्तै नरकटिया मेडिकल हलले तृतीय पुरस्कार सौजन्य गरेको छ । तृतीय पुरस्कार सौजन्यगर्नेमा रामेश्वर के.सी, रामहरी के.सी पनि रहेको छ । रत्ननगरका वडा नं. ६, ७ र ८ ले पनि आर्थिक सहयोग गरेको थियो ।

 

Share:

सम्बन्धित समाचारहरु