संवैधानिक परिषद्को बैठकपछि प्रधानमन्त्री दाहाल र नेकपा एमाले अध्यक्ष ओलीबीच छुट्टै भेटवार्ता

काठमाडौं, २५ बैशाख। संवैधानिक परिषद्को बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टै भेटवार्ता भएका छन् ।

 

नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छुट्टै भेटवार्ता भएको हो ।

उक्त प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएका छन् । त्यस्तै एमालेकै उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर बादलको समेत संलग्नबारे आशंका भइरहेका बेला प्रधानमन्त्री प्रचण्ड र ओलीबीच यसअघि नै दुईपटक वान–टु–वान भेटवार्ता भइसकेको छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु