हवाई भाडा ४४० रुपैयाँसम्म घट्यो, भोलिदेखि कार्यान्वयन गर्न निर्देशन (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घाटा घटाएको छ । इन्धनको मूल्य घटेसँगै प्राधिकरणले हवाई भाडा घटाएको हो ।  नयाँ भाडासूची अनुसार सबैभन्दा धेरै काठमाडौंबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटेको छ ।  काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको छ । काठमाडौंबाट भद्रपुरको भाडा ३०० रुपैयाँले घटेको छ । विराटनगरका लागि २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।

काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ ।

नयाँ भाडालाई बुधबारदेखि कार्यान्वयन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

11111680616686.jpeg

2221680616691.jpeg2221680616691.jpeg

 

Share:

सम्बन्धित समाचारहरु