रुबी खानसहितका अधिकारकर्मी बबरमहलबाट पक्राउ

काठमाडौं । बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरबाट ¥यालीसहित बबरमहलतर्फ अघि बढिरहेको सो समूहलाई प्रहरीले गिरफ्तार गरेको हो । अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।

उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु