केपी ओलीः माओवादीमा नेता खराब, कार्यकर्ता इमानदार, पार्टीमा ल्याएर जिम्मेवारी दिएर घुलमिल गराऔं ।’

रूपन्देही ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी र नेकपा एकीकृत समाजवादीमा इमानदार नेता कार्यकर्ताहरु रहेको भन्दै उनीहरूलाई पार्टीमा प्रवेश गराउन एमाले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

 

उनीहरुलाई खराब आचरणका नेताहरुले भ्रममा राखेकाले इमानदार नेता कार्यकर्तालाई दुवै पार्टीका नेताहरुको भ्रमबाट मुक्त गरेर एमालेमा जिम्मेवारी दिन अध्यक्ष ओलीले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमालले  मिसन ग्रासरुटुसँगै उनले नेकपा एस र माओवादीका नेता कार्यकर्तालाई एमाले प्रवेशको अभियान चलाएको पनि बताए ।

एमालेले संचालन गरिरहेको मिसन ग्रासरुट अभियानलाई बुधबार बुटवलमा सम्बोधन गर्दै माओवादी र नेकपा एसका केही नेताहरुले कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाइरहेकाले इमानदार नेता कार्यकर्ता दुबै पार्टीमा अब बस्न नसक्ने ओलीको भनाइ थियो ।

त्यस्ता सबै नेता कार्यकर्ताहरुलाई हिजोका कमीकमजोरी भुलेर अब एमालेमै गोलबन्ध गर्ने अभियानमा लाग्न पनि एमाले नेता कार्यकर्तालाई ओलीले निर्देशन दिएका हुन् । उनले नेकपा एसका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पार्टी फुटाउने र चोइटाउनेले पार्टीको नाम एकीकृत राखेको टिप्पणी गरेका थिए ।

 

‘पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन्, उनीहरु फाटोवादी हुन्, अनि कम्युनिस्टको सरकार ढलाएर कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चाहिँ समाजवादी राखेर भ्रमित बनाउने रु,’ उनले भने, ‘त्यसैले त्यहाँ रहेका इमानदार कार्यकर्तालाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं ।’

माओवादीमा पनि धेरै इमानदार कार्यकर्ताहरु अहिले पनि कम्युनिस्टको नाममा शरीरभरि गोली बोकेर, अंगभंग भएर परिवारका सदस्य गुमाएर बसेको तर नेताहरू विलाशी बनेको भन्दै माओवादीका नेताहरूप्रति उनले कटाक्ष गरेका थिए । यस्तै माओवादीका कार्यकर्ताहरूलाई सचेत बनाउने गरी अभियान चलाउनुपर्ने उनको भनाइ थियो ।

प्रचण्डसहितका नेताहरुलाई मस्ती छ, अब ती कार्यकर्ताको चेत खुलाउनेगरी अभियान थाल्नुपर्दछ, भ्रमबाट मुक्त गर्नुपर्दछ,’ उनले भने, ‘माओवादीमा नेता खराब छन्, कार्यकर्ता इमानदार छन, उनीहरुलाई पार्टीमा ल्याएर जिम्मेवारी दिएर घुलमिल गराऔं ।’–00–

Share:

सम्बन्धित समाचारहरु