उपराष्ट्रपतिबारे निर्णय गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय  गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।   बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिए ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन अलमलमा छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उमेदवार मनोनयनको कार्यतालिका छ । –00–

Share:

सम्बन्धित समाचारहरु