चितवन, २६ चैत्र । बाघमारा स्थित सामुदायिक वनमा घाँस काट्न जाने क्रममा गैडाको आक्रमणवाट २ जना घाइते भएका छन् ।
उनीहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । रत्ननगर नगरपालिका वडा नं. ७ घर भएका ५२ वर्षकी ठुली तामाङ र ५६ वर्षकी जानकी महतो घाइतेभएका हुन । तामाङको दाँहिने खुट्टा र कम्मरमा चोट लागेको छ भने महतोको दाहिने हात र कम्मरमा चोट लागेको छ ।
दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।–00–

