आन्दोलनको क्रममा हराएका सामग्री तत्काल फिर्ता गर्न कालिका नगरपालिकाको आग्रह

चितवन, असोज २ । हालै भएको जेन-जेण्ड आन्दोलनका क्रममा कालिका नगरपालिकाको कार्यालहरुमा आगजनी, तोडफोड लगायतका घटनासँगै विभिन्न सामान तथा कागजातहरु हराएको भन्दै नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै ती हराएका सामान फिर्ता गर्न अनुरोध गरेको छ।

नगरपालिकाका अनुसार घटनाक्रममा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, स्किपर, माइक्रोफोन, टेबल–कुर्सीलगायतका जिन्सी सामग्री, विद्युतिय सामान र महत्त्वपूर्ण कागजात समेत हराएका छन्।

प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले हस्ताक्षर गरेको सूचनामा सामुदायिक सुरक्षा कायम राख्दै कोही कसैले लिएका सामग्रीहरु घरमा भए तत्कालै नगरपालिका कार्यालयमा बुझाउन आग्रह गरिएको छ। सूचनामा उल्लेख गरिए अनुसार ती सामग्रीहरू व्यक्तिगत प्रयोग वा खरिद–बिक्री नगरी तुरुन्त फिर्ता गर्न समेत आग्रह गरिएको छ।

नगरपालिकाले सम्पर्कका लागि ९८४५८८८८४५ र ९८४५८८८६६१ नम्बर उपलब्ध गराएको छ।

जेन जेड समुहले गरेको आन्दोलनको क्रममा कालिका नगरपालिकाको कार्यालयसँगै नगरक्षेत्रभित्रका वडाहरुमा समेत तोडफोड र आगजनी गरिएको थियो । आगजनीबाट ७० करोडभन्दाबढी आर्थिक क्षति भएको अनुमान छ ।

Share:

सम्बन्धित समाचारहरु