काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीहरूको भाषा परीक्षा आजदेखि देशभर सुरु भएको छ। सन् २०२५ का लागि आवेदन दिने १ लाख २ हजार ५१५ मध्ये पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएका ६७ हजार परीक्षार्थीको परीक्षा सञ्चालन भइरहेको छ।
ईपीएस शाखाका अनुसार दुई महिनाभित्र सम्पूर्ण भाषा परीक्षा सकाउने तयारी छ। पहिलो चरणपछि कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएका ३५ हजार जनाको परीक्षा लिइने योजना छ।
यसअघि, रोस्टरमा परेका केही युवाहरूले आफूहरूलाई प्राथमिकता दिनुपर्ने भन्दै परीक्षा स्थगित गर्न माग गरेका थिए।
दक्षिण कोरिया हाल १७ वटा ईपीएस सदस्य देश मध्येको एक हो र तीमध्ये नेपालबाट सबैभन्दा धेरै श्रमिक भित्र्याउने देशको रूपमा रहेको छ। –00–


