चितवन, २५ पौष ।
समग्र उद्योग ट्रेड युनियन नेपाल वोटलर्स नेपाल तराई लिमिटेड इकाई कमिटिको १२ औं अधिबेशन आज भरतपुरमा सम्पन्न भएको छ ।
विजय चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमति चयन गर्दे अबिधेशन सम्पन्न हो, जसको उपाध्यक्षमा राम बहादुर श्रेष्ठ, सचिवमा शिव प्रसाद लामिछाने, सह सचिवमा रोशन खनाल, कोषाध्यक्षमा टिका रेग्मी सदस्यहरुमा भगवान मल्ल, विक्रम लामिछाने, भिम पाण्डे, अतिना चौधरी, तिर्थराज अधिकारी र संजोग चौधरी चयन हुनु भएको छ ।

समग्र उद्योग ट्रेड युनियन नेपाल वोटलर्स नेपाल तराई लिमिटेड इकाई कमिटिका रहेर विशेष योगदान पु¥याउनु भएका यज्ञ प्रसाद सापकोटा, अनिल गुरुङ र टंकराज पौडेललाई सम्मानपत्र सहित सम्मान गरेको थियो ।



अधिबेशनको खुल्ला सत्रमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि समग्र उद्योग ट्रेड युनियन बाघमती प्रदेशका उपाध्यक्ष एवंम चितवन जिल्लाका ईन्चार्ज अजुर्न अर्यालले समग्र टे«ड युनियका संस्थापकहरुलाई स्मरण गर्दै सम्पूर्ण मजदुरहरुको व्यक्तीत्व विकाशका जोड दिनु पर्ने साथै योगदानमा आधारित सामाजिक सुरक्षाकोषबाट पाउने पेन्सन सामान्य उपलब्धि नभएको पनि बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथि समग्र उद्योग ट्रेड युनियनका केन्द्रिय अध्यक्ष आन्नद थामीले आउटसोर्सबाट कामगर्ने मजदुरहरुको कामको प्रकृती हेरेर नियमितकामदारको रुपमा राख्नुपर्ने र तत्काल नियमित कामदारको रुपमा नियुक्ती दिनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले बाघमती प्रदेश कमिटि सदस्य दिव्या शर्मा, समग्र उद्योग ट्रेड युनियन नेपाल चितवनका अध्यक्ष पुस्कर बाबु त्रिपाठी, समग्र उद्योग ट्रेड युनियन नेपाल नवलपुरका अध्यक्ष दामोर पाण्डे, गण्डकी प्रदेश ह्वीनका उपाध्यक्ष तुलसी पाण्डे, नेकपा एमाले चितवनका कमिटी सदस्य अन्जु गुरुङ, समग्र उद्योग ट्रेड युनियन नेपाल भरतपुर महानगर नगरपालिकाका ईन्चार्ज भगवान मल्ल, समग्र उद्योग ट्रेड युनियन नेपाल वोटलर्स नेपाल तराई लिमिटेड इकाई कमिटिका पूर्व अध्यक्ष यज्ञ प्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा सांगठनिक प्रतिवेदन कार्यसमतिका सचिव सुजन खड्का र आर्थिक प्रतिवेदन कार्यसमतिका कोषाध्यक्ष रोशन खनालले प्रस्ततुत गर्नु भएको थियो भने कार्यक्रम कार्यसमतिका अध्यक्ष शुशिल नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रम कार्यसमतिका सचिव सुजन खड्काले संचालन गर्नु भएको थियो ।


