चितवन २, फागुन । आज प्रणय दिवसको अवसरमा चितवनको सौराहामा पर्यटकहरुले भरिएका छन् । सौराहामा आयोजना भइरहेको फुड फेस्टिवलले आन्तरिक पर्यटकहरु तानिरहेको छ । सौराहाका साना होटलहरुमा प्राय पर्यटकहरुको उपस्थित अलि बढि देखिएको छ । उसो त विदेशी पाहुनाहरु पनि अन्य दिनको तुलनामा केही बढेका छन् ।
सौराहका पार्कहरु, रेष्टुराहरुमा पर्यटकहरुको राम्रो चहलपहल देखिएको छ । विगतका वर्षहरु भन्दा यो वर्ष रेवान सौराहाले अलि फरक तरिकाले फुडफेस्टिवल आयोजना गरेको छ । सडकमै खाउँ सडकमै रमाउँ भन्ने हिसावल सडकमै फुडफेस्टिवलको आयोजना गरेकाले पनि बाटोमा हिडडुलगर्ने पर्यटकहरु बढी रुचाइरहेको व्यवसायीहरु बताउँछन् ।
प्रेम दिवसको बेला सामान्य बुझाइमा प्रेमी प्रेमिकाहरुको उत्सव ठान्ने प्रचलन छ । तर अहिले नेपाली संस्कृतिकै रुपमा विकास भइरहेको यो उत्सवमा अब प्रेमि प्रमिका मात्रै परिवार, आफन्तहरु भेटघाटगर्ने, रमाइलोगर्ने चाडपर्वकै रपमा विकास भइरहेको सौराहाका व्यवसायीहरु बताउँछन् ।
अहिले अधिकाङ नेपाली पर्यटकहरु परिवार र आफन्तसँगै सौराहा पुगेका छन् । जोडीहरु मात्रै नभई आफन्त र परिवारसँग पनि भेटघाटगर्ने अवसर दिएको छ ।–00–


