हेटौंडा, २५ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एकजना महिला घाईते भएकी छन् । उपमहानगरपालिकाको वडा नंबर १८ रामधुनीमा बाघको आक्रमणबाट घास काट्न गएकी महिला घाईते भएकी हुन् । बुधबार अपरान्ह ४ बजे बस्ती नजिकै रहेको जंगलमा घाँस काट्न गएकी स्थानीय ५५ वर्षीया मैती बयलकोटी बाघको आक्रमणबाट घाइते भएकी हुन् ।
बाघको आक्रमणमा परेर घाइते भएकी बयलकोटीको गाला, ओठ र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । मंगलबारदेखि हेटौंडा- १८ गुम्बाडाँडा क्षेत्रमा बाघको आंतक मच्चिएको छ । मंगलबारनै बाघले स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा मारेको थियो भने आज बिहान पनि सोहि स्थानमै बंगुर मारेको थियो ।