चितवन, असार २२ –
चितवनको भरतपुर–१ हङकङ बजारमा रहेको BEEX RIDER नामक कपडा पसलबाट चोरी गरेर फरार भएका दुई महिलालाई पसल सञ्चालकले आफैं नियन्त्रणमा लिएर प्रहरीको जिम्मा दिएका छन्।
शुक्रबार साँझ करिब ६ बजे पसलबाट कपडा चोरी भएको जानकारी पीडितले इलाका प्रहरी कार्यालय फुलबारीमा दिएका थिए। त्यसपछि खोजतलास थालिएको थियो।
उक्त चोरीमा संलग्न रहेको आरोपमा मकवानपुर मनहरी गाउँपालिका–५ घर भई हाल भरतपुर–३ न्यूरोडमा डेरा गरी बस्ने ३६ वर्षीया अन्जु प्रजा र भरतपुर–२६ दिव्यनगर बस्ने ३८ वर्षीया बाल कुमारी महतोलाई राति करिब ९ः३० बजे पीडित आफैले नियन्त्रणमा लिई प्रहरी कार्यालयमा बुझाएका हुन्।
हाल दुवै महिलालाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

