कांग्रेस सांसद मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,  १ जेठ । कांग्रेस सांसद मोहन बहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तीन अर्ब रुपैयाँभन्दा बढीको सार्वजनिक हानि गरेको अभियोगमा अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को प्रक्रिया अवैध रहेको र त्यही प्रक्रियामा भ्रष्टाचार गरिएको आरोप लगाइएको छ।

अख्तियारले दायर गरेको मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। यस प्रकरणमा १५ जना नेपाली नागरिक, १ जना विदेशी नागरिक तथा २ कम्पनीसहित १८ जना प्रतिवादी बनाइएको छ।अख्तियारका अनुसार टेरामक्स उपकरण खरिद गर्दा नियामकीय प्रक्रिया नअपनाई, मनपरी ढंगले ठेक्का दिएको, सेवा नपु¥याउँदा पनि रकम भुक्तानी गरिएको लगायतका अनियमितता भएका छन्।

मुद्दामा संलग्न अन्य प्रतिवादीहरूको नाम सार्वजनिक भइसकेको छैन। विशेष अदालतले यस प्रकरणमा सुनुवाइ प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ।

Share:

सम्बन्धित समाचारहरु