विजय चौधरी /सेतो नेपाल-
चितवन, १ माघ । पवित्र धार्मिकस्थल देवघाटमा ५ लाखबढी दर्शनार्थीहरुले अवलोकन गरेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । कोरोना महामारीपछि देवघाटमा मेला आयोजना गरिएका कारणलेपनि दर्शनार्थीहरुको संख्या बढेको. देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मेला भर्न हजारौँ भक्तजन बिहानै देवघाट पुगेका थिए । त्रिशुली र कालिगण्डकीको संगमस्थल बेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लाग्यो । मेलामा सहभागी हुन भारतलगायत विभिन्न जिल्लाबाट तीर्थालु देवघाट आएका छन् । बेणीमा स्थान गर्न एवम् मेलामा सहभागी हुन तीर्थालु आउने क्रम जारी छ । मेलालाई व्यवस्थित बनाउन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको संयोजकत्वमा माघे संक्रान्ति मेला व्यवस्थापन मुल समिति गठन गरिएको छ ।
शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला विधिवतरुपमा सुरुआत गरिएको थियो । ट्राफिक व्यवस्थापनका लागि सवारी साधनलाई रामनगरबाट देवघाट प्रवेश गर्ने र बागीश्वरी हुँदै आँपटारी निस्कने व्यवस्था मिलाइएको छ ।
फोटोः निरज महतो (चरन)
((०))