बालेनमय बनेको काठमाण्डौंमा नेकपा एमालेको पदयात्रा सुरु

काठमाण्डौं। बालेनमय बनेको काठमाण्डौंमा नेकपा एमालेले आज वाकथन (पदयात्रा) गरेको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् ।  बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो ।

यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

वाकथनको बसन्तपुरमा अध्यक्ष ओलीले सम्बोधन गरी समापन गरेका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु