टिकौली दुर्घटना अपडेटः स्कुटर चालकको मुत्यु, ट्रक चालक प्रहरीको नियन्त्रणमा

चितवन,७ जेठ । टिकौली जंगलमा भएको सवारी दुर्घटनापरी घाइते भएकाहरु मध्ये एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर ११ बस्ने स्कुटर चालक २० बर्षीया सागर तामाङ रहेका छन् । भरतपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्युभएको हो ।

स्कुटर पछाडी सवार भरतपुर ११ कै २० वर्षीया बिशान्त ढकालको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

रत्ननगर तर्फवाट भरतपुरतर्फ जाने क्रममा टिकौली जंगल क्षेत्रमा ग्यास बोकेको ट्रकले बागमती प्रदेश ०३९००२ प ७६८८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकसहित पछाडि सवारदुबै जना गम्भिर घाइते भएका थिए ।

 

ट्रक चालक तनहु घुमाउने नगरपालिका वडा नं। ४ बस्ने ५० वर्षीय ढक बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  –00–

Share:

सम्बन्धित समाचारहरु