जानकी मन्दिरका उत्तराधिकारी महन्थले नक्कली परिचयपत्र बनाएर सम्पती हिनामिना गरको भन्दै उजुरी

जनकपुरधाम, साउन १४ । सरकारी कागज किर्ते गरी नक्कली परिचयपत्र बनाएको र सो परिचय पत्रले मन्दिरको सम्पती हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उनी विरुद्ध उजुरी परेको हो।

सो परिचयपत्र कुन निकायको कुन निर्णयले जारी भएको समबन्धमा अनुसन्धान गरि दासमाथि कानुनी कारबाहीको माग गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बस्ने वैजनाथ चौधरीले गएको साउन ४ गते गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोधार्थ गरी निवेदन आएको जिल्ला प्रशास कार्यालय धनुषाले जनाएको छ।

जानकी मन्दिरमा गुठी संस्थानबाट उत्तराधिकारी महन्तको दरबन्दी नभए पनि दासले सरकारी कागजको रूपमा आफ्नो नाउमा जानकी मन्दिरको उत्तराधिकारी महन्तको परिचयपत्र किर्ते बनाई गुठी संस्थानको किर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ।

‘आफूलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थ भनी जानकी मन्दिर अधिनस्त जग्गा, घरको बहाल समेत उठाएर आफ्नो निजी रुपमा खर्च गरिरहेकाले जानकी मन्दिरको नित्य सेवा सत्कारमा अप्ठ्यारो परिरहेको छ,’ निवेदनमा भनिएको छ।

निवेदन आए पनि त्यसमाथि छानबिन कहाँसम्म पुगेको बारे आफूलाई थाहा नभएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए।

उनले यसबारेमा मुद्दा शाखाका अधिकृत श्याम यादवलाई थाहा हुनुपर्ने सुनाए। तर पटक पटक प्रयास गरे पनि अधिकृत यादव सम्पर्कमा आउन चाहेनन्।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु