चितवन,१६ जेठ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले पञ्चायती शैलीमा बजेट ल्याएको बताएका छन् ।
भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले अर्थतन्त्री मन्दीको चपेटामा त्यसलाई ठिकसंग पहिचान नगरी ल्याएको बजेट निराशावादी रहेको बताए । संघीय शासन प्रणालीको संघीय सरकारले ल्याएको एकात्मक शैलीवाट, पञ्चायतकालको जस्तो बौदलीय कालको जस्तो बजेटले खासै आशावादी हुन सकिएन उनले थपे ।
नेता गुरुङका अनुसार यो सरकारले ल्याएको बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य प्राथमिकतामा परेन । भद्रगोल अवस्थामा चलेको शिक्षा क्षेत्रलाई यो बजेटले संवोधन गर्न नसकेको उनको भनाई छ । आर्थिक बृद्धिदर घाटामा छ, आर्थिक मन्दी छ । यो सुधारगर्न आवश्यक थियो । पुरानै शैलीमा बजेट आएकोले यो बजेटवाट धेरै आशा गर्न सकिने अवस्था नरहेको उनले टिप्पणी गरे ।
पूर्व राजा ज्ञानेन्द्रको ठाउँठाउँमा भइरहेको अभिनन्द कार्यक्रमलाई संकेतगर्दै नेता गुरुङले ट्रचलाईटको जमाना आइसक्यो, हातहातमा ट्रच लाईट छ अझै अगुल्टो बालेर उज्यालो खोज्ने सम्भावना छैन उनले भने ।
नेता गुरुङले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई एमसिसि परियोजना कार्यान्वयनका लागि भारत जानलागेको आशंका व्यक्त गरे । विजुली उत्पादनगर्ने, किनबेचगर्ने विषय प्रधानमन्त्रीको एजेन्डा रहेको संसदलाई जानकारी गराएको उनले बताए ।
नेपालवाट भारत विजुली लैजानका लागि ट्रान्समिसनलाईन बनाउनुपर्यो । अन्तरदेशीय ट्रान्समिसन लाइनका पूर्वाधार नेपाल, भारत र बंगलादेश सम्म पूर्वाधार बन्यो भने हुन्छ । त्यो भनेको एमसिसिको ऐजेन्डा हो उनले भने ।
एमसिसिको योजना भनेको ट्रान्समिसन बनाउने, विजुलीको ठूलाठूला पूर्वाधार बनाउने न हो उनले थपे अप्रत्यक्ष रुपमा एमसिसिको योजना कार्यान्वयन गराउन भारततर्फ लागेको मेरो अनुमान हो उनले भने । –00–


