चितवन । नेकपा एमालेको कालिका नगरपालिकामा चुनावी भेला तथा घरदैलो कार्यक्रम भएको छ । कालिका-९, शक्तिखोरमा आज वडा स्तरिय महिला भेला सम्पन्न भएको थियो । भेलामा नेकपा एमाले कालिकाका मेयरका उम्मेदवार बिनोद रेग्मी, उप मेयरका उम्मेदवार बिमला लामा, निर्वाचन परिचालन कमिटी कालिका-९ का इन्चार्ज रेवतीप्रसाद ढकाल, अखिल नेपाल महिला संघकि बिन्दा गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
शोभा खत्रीले संचालन गरेको कार्यक्रम अखिल नेपाल महिला संघ वडा अध्यक्ष सानुमाया मगरको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १८ जना एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा कालिका वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार निलकण्ठ मगर, सदस्यहरु राकेश श्रेष्ठ, छोन बहादुर प्रजा, भुव कुमारी रानामगर, मनकुमारी बिकको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी नेकपा एमाले कालिका-८ को आयोजनामा आज कालिका मन्दिर अगाडि बृहत वडा भेला गरिएको थियो । भेलामा नेकपा एमाले कालिकाका मेयरका उम्मेदवार बिनोद रेग्मी, उप मेयरका उम्मेदवार बिमला लामा, एमाले नेताहरु टिकाराज रिजाल, केशव लामा, एमालेका युवा नेता कृष्णबहादुर अधिकारी, कालिका-८ का वडा अध्यक्षका उम्मेदवार युवराज गुरुङ लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा वडा सदस्यका उम्मेदवारहरु दिपक कुमार श्रेष्ठ, रामप्रसाद अधिकारी, फुलमाया गुरुङ, सुनिता परियारको पनि उपस्थिति रहेको थियो ।
निर्वाचन परिचालन कमिटी कालिका-९ का इन्चार्ज लेखबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २३ जना एमालेमा प्रवेश गरेका थिए । आजनै कालिकाको वडा नं.३ र ७ मा उम्मेदवार सहितको घरदैलो कार्यक्रम गरिएको थियो ।