महिला प्रहरी श्रेष्ठको मृत्यु गोली लागेर भएको पोस्टमार्टम रिपोर्टमा

चैत ३० मोरङ । मोरङको लेटाङ भएको घटनामा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

कोशी अस्पतालका अनुसार २६ वर्षीया श्रेष्ठको पोष्टमार्टममा गोली लागेर मृत्यु भएको खुलेको हो। घटना भएको २२ दिनपछि सार्वजनिक भएको पोष्टमार्टम रिपोर्टमा श्रेष्ठको मृत्यु गोलीबाट भएको देखिए पनि हतियार सार्वजनिक हुन सकेको छैन।मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि काफ्लेले मृतकको शरीरमा गोली भेटिए पनि हतियार कसले र कुन प्रयोग गरेको भन्ने विषय नखुलेको जानकारी दिए।पोष्टमार्टम रिपोर्टमा श्रेष्ठको मृत्यु ‘फाइयर आर्म इन्जुरी’ को कारण भएको जनाइएको छ। प्रहरीले प्रदर्शनकारीले चलाएको गोली लागेर महिला प्रहरीको मृत्यु भएपनि हतियार र गोली चलाउने व्यक्ती प्रहरीले पहिचान गर्न सकेको छैन ।प्रहरीले यसअघि पोष्टमार्टममा गोली भेटिएको सार्वजनिक गरेको थिएन । प्रहरीले मृतक श्रेष्ठको मृत्यु घाँटीमा धारिलो हतियार प्रयोग गरि भएको जनाउँदै आएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले मृतकको शरीरमा भेटिएको गोली प्रहरीले प्रयोग गर्ने गोलीसँग मेल नखाएको जानकारी दिए। श्रेष्ठको शरीरमा भेटिएको गोली, हतियार र गोली प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेको उनले बताएका छन् ।

लेटाङ घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६३ जनालाई पक्राउ गरेको छ । हत्या अभियोग लागेका एक नाबालक भने थुनछेक बहसपछि छुटेका छन् । अन्य १४ जना विरुद्ध बुधबार कर्तव्य मुद्दा दर्ता गर्ने तयारी छ । अन्यलाई अभद्र व्यवहार मुद्दा चलाउने सकारी वकिलको कार्यालयको तयारी छ ।

लेटाङ नगरपालिका ५ स्थित खेरुवामा रहेको शिक्षा विकास विद्यालयमा चैत ६ गते शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि दुव्यर्वहार गरेको आरोपपछि तनाव भएको थियो । विद्यालय परिषरमा दिनभर तनाव भएपछि स्थिती नियन्त्रणका लागि विराटनगरको रानीबाट बेलुका प्रहरीको टोली घटनास्थल पुगेको थियो। सोही क्रममा राती करिब साढे ८ बजे आक्रोशित भीडको आक्रमणमा महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएको थियो।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु