दीपेश चौधरी-
रत्ननगर, १५ माघ । जाडो बढ्दै गएका कारण रत्ननगर नगरपालिका वडा नं–७ ले न्यानो सिरक वितरणसँगै सम्मान कार्यक्रम आयोजना गरेको छ ।
रत्ननगर–७ का वडा अध्यक्ष सजना महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता तथा उपप्रमुख यादवप्रसाद पाठकको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक १ सय ९६ जना, एकल महिला ६० वर्षमाथि ३१ जना, अपाङ्गता भएका २८ जना, एकल महिला ६० वर्षमुनि ४० जनालाई कोरियन सिरक वितरण गरिएको वडासचिव बासुदेव रिजालले जानकारी दिए ।
बाघमारा सामुदायिक बन तथा उपभोक्ता समूहबाट ३१ थान, सपना भिलेजवाट २८ थान, स्व. हस्त बहादुर भट्टराई स्मृति प्रतिष्ठानबाट ४० थान , र रत्ननगर वडा न ७ बाट १ सय ९५ थान गरि कुल २ सय ९५ थान न्यानो सिरक बितरण गरेकोे हो ।
कार्यक्रममा निवर्तमान वडाध्यक्ष लालबहादुर भट्ट, वडासदस्यहरु जानकी चौधरी, माइली सुनार, कुलप्रसाद आचार्य, ज्येष्ठ नागरिक सञ्जाल वडा नं–७ का अध्यक्ष गोविन्द पाण्डे, माघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर तामाङ, सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, स्व। हस्तबहादुर भट्टराई प्रतिष्ठानका पार्वती भट्टराई, रामकुमार भट्टराईलगायतको सहभागिता रहेको थियो ।–00–




-00—-

