ललितपुरमा कारको ठक्करबाट एक बालकको ज्यान गयो

चैत २४ काठमाण्डौ । ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

हिजो बेलुका साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो।

कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु