टोपबहादुर रायमाझीको घरमा प्रहरीले किन छापा मारे ?

काठमाडौं, २६ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगि गरेको आरोप नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई लागेको छ ।

प्रहरीले पक्राउ पूर्जी बोकेर उनको खोजी गरिरहेका छन् । तर उनि फरार छन् । प्रचण्ड नेतृत्वको सरकारलाई यो प्रकरणमा मुछिएका सबैलाई कार्वाहीगर्न चौतर्फी दवाव छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि दौडधुप निकै बढेको छ यो बीचमा । लहरो तान्दा पहरो जाने त होइन भन्ने आशंका बढी रहेका प्रहरीले आज मात्रै फरार नेता रायमाझीको घरमा छापा मारेको छ ।

खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा मारेको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगीमा अनुसन्धानका लागि भन्दै सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी पक्राउ परेका छैनन् । रायमाझीको घरमा उनको सवारी साधन भेटिएको तर मान्छे नभेटिएको प्रहरीले जनाएको छ ।

 

यो घटनामा हालसम्म रायमाझीका छोरा सन्दीपसहित, पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्। –00–

Share:

सम्बन्धित समाचारहरु