हरियाली र सौन्दर्यकालागि थारु संग्रहालयमा बृक्षारोपण

पर्यटकिए क्षेत्र रत्न्ननगर-६ बछौलीमा रहेको थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र परिषरमा शनिवार बृक्षारोपण गरिएको छ । थारु कला र संस्कृतिको जर्गेना गर्दै आइरहेको संग्रहालयलाई हरियालि र सुन्दर बनाउनको लागि बृक्षारोपण गरिएको हो ।

कलमी आप, लिचि र एभोकाडो लगाएत फलफुलको विरुवा बृक्षारोपण गरिएको संग्रहालयका सचिव दिपेन्द्र कुमार चौधरीले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा ६० थान फलफुलका विरुवाहरु स्थानिय महिला समुहरुलाई वितरण गरिएको छ । फलफुलका विरुवाहरु वितरण गर्दै संग्रहालयका अध्यक्ष खिलेन्द्र राज चौधरीले बढ्दो जलबायू परिवर्तन न्यूनिकरण गर्न विरुवाको अत्यन्तै महत्व भएकोले विरुवालाई राम्रो संग हुर्काउन सवैलाई आग्रह गर्नु भयो । उक्त कार्यक्रममा संग्रहालयका सम्पूर्ण पदाधिाकारी तथा स्थानिय महिला समूहरुको उपस्थिति रहेको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु