भरतपुरमा २३ वर्षीय युवा मृत अवस्थामा भेटिए

चितवन, १२ असार । चितवनको भरतपुरमा एक युवा मृत अवस्थामा भेटिएका छन् ।

भरतपुर वडा नं ७ गाैतम चाेक स्थित चितवन फुटसल स्टाफ काेठा भित्र माडी वडा नं ६ घर भएका २३ वर्षीय युवा अखिल सापकोटाकाे मृत अवस्थामा भेटिएका हुन ।

बेडमा सुतिरहेको अवस्थामा उनका दाजुले देखेर उठाउन खाेजेपछि उनी मृत अवस्थामा थिए । प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको छ ।–00–

तस्बिर : कुलप्रसाद  काफ्ले

Share:

सम्बन्धित समाचारहरु