नेपालमा मकैको उत्पादनमा सक्रिय हुन आबश्यक

संगीता आचार्य-
चितवन, ११ चैत । नेपालमा उत्पादित हाईब्रिड मकैको बीउ उत्पादनमा किसान सक्रिय हुन आबश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । अहिले नेपालमा बिदेशी हाईब्रिड जातको मकैको बिउ बढी प्रचलनमा आएकाले यसलाई रोक्न जरुरी रहेको उहाँहरुकौ भनाई छ ।

राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाईब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधि सम्बन्धि आबासीय कृषक तालिमको समापन सत्रमा बोल्दै उनीहरुले यस्तो बताएका हुन ।
दैलेख बाट तालिममा सहभागी हुन आउनु भएकी खगेश्वरी वुढा, नवलपरासीका किसान कुस्मखर काफ्ले बिदेशी मकैको बिउमा भर पर्नुपर्दा समस्या भएको बताउनुभयो । कुनै समय मकैको घोगा लागेपनि फल नलाग्ने जस्ता समस्या भोग्नुपरेको उहाँहरुको गुनासो थियो ।

कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषदका योजना तथा समन्वय निर्देशक भानुभक्त पोखरेल नेपाल कृषि अनुसन्धान परिषदका बाली तथा बागवानी अनुसन्धान निर्देशक विनेश मान साख, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक तिर्थराज रिजाल लगाएतले नेपालमा अनुसन्धान गरिएका बिउहरु नेपालका लागि सुहाउँदो भएपनि बिदेशी बिउको प्रयोग बढ्नु खोजीको बिषय भएको बताउँदै उहाँले प्राबिधिक बिषयको ज्ञान कृषकलाई हुन आबश्यक रहेको बताउनुभयो । तल्लो तह सम्म बिउ पु¥याउन बिभिन्न कम्पनीहरुसंग बिउ पुग्नु पर्ने भन्दै उहाँले यसलाई प्रभावकारी रुपमा काम गरिने उहाँहरुले वताउनुभयो ।

चैत ५ गते देखि आज सम्म सञ्चालित तालिममा देशका बिभिन्न जिल्लाका २० जना कृषकलाई हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रबिधि सम्बन्धि ज्ञान दिईएको थियो ।

Share:

सम्बन्धित समाचारहरु