रत्ननगर, २८ पौष । टिकौलीचौरमा जारी रत्ननगर महोत्सव परिसरमा जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता शनिबार देखि सुरु भएकोे छ ।
महोत्सव अन्तर्गतको खेलकुद समितिको आयोजना तथा रत्ननगर सितोरियो कराते संघको सहआयोजनामा भएको सो प्रतियोगिताको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् । दुई दिन सम्म चल्ने सो प्रतियोगितामा जिल्लाका ३०० खेलाडीको सहभागिता रहेको रत्ननगर सितोरियो कराते संघका अध्यक्ष सुजन नेपालले जानकारी दिए ।
संघका कार्यसमितिका सदस्य तथा खेलकुद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक शंकर गिरी,उपाध्यक्ष हरि अधिकारी,सितोरियो कराते संघका प्रदेश अध्यक्ष गगन लामा, जिल्ला अध्यक्ष चित्रबहादुर राना, टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बुद्धिसेन चौधरी, संघका कार्यसमितिहरु सदस्य सन्तोष लामा, सुवास मिश्र, रत्नप्रिय क्लवका अध्यक्ष बसन्त राना लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत विभिन्न तौल समुहमा महिला र पुरुषले प्रतिस्पर्धा गर्ने छन् । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको सो महोत्सव माघ ८ गते सम्म चल्ने छ ।–0–


