एमालेको जनसभा आज भृकुटीमण्डपमा, शीर्ष नेताहरूको सम्बोधन सहित

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नारासहित वृहत जनसभा आयोजना गरेको छ। उक्त जनसभाको मुख्य आयोजना एमाले बागमती प्रदेश कमिटीले गरेको हो। प्रदर्शनसहित भव्य जनसभा हुने पार्टीले जनाएको छ। बिहानैदेखि विभिन्न स्थानबाट जुलुससहित एमालेका नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा प्रवेश गर्न थालेका छन्।

जनसभामा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जुलुस भृकुटीमण्डप पुगेपछि केही समयपछि सभा औपचारिक रूपमा सुरु हुने बताइएको छ।

जनसभा लक्षित गतिविधि बढ्ने भएपछि काठमाडौंका विभिन्न ठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। सुरक्षालाई कडाइका साथ अनुगमन गरिरहेको काठमाडौं प्रहरीले जनाएको छ। एमालेले शुक्रबार मात्रै भोलेन्टियर फोर्स गठन गरेको थियो, जसको संयोजकमा पुष्पराज श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। बागमती प्रदेश कमिटीका अनुसार आजको प्रदर्शन र सभाका सबै तयारी पूरा भइसकेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु