चैत २० झापा । झापामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नम्बरको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को१क २४७९ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा गौरादह–९ का ४० वर्षीय राम हेमरमको मृत्यु भएको हो।मेहरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ।