आजदेखि नारायणी नदीमा जल सतह बढ्ने, सतर्कता अपनाउन महाशाखाको आग्रह

चितवन, असार १०

नारायणी नदीमा आजदेखि जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेका छ । नारायणी नदी सँगै यसक्षेत्रका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाको अनुासर नदीमा जलसतह बढेर सतर्कता तह आसपास पुग्नसक्ने अनुमान गरिएको छ । ।

महाशाखाले जारी गरेको सूचनामा लेखिए अनुसार नारायणी जलाधार क्षेत्रका बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आज र भोलि जलसतह उल्लेख्य बढेर मध्यम जोखिमको अवस्थासम्म पुग्ने पूर्वानुमान छ ।

कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा जल सतह उल्लेख्य बढ्ने छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु