भोजपुर । भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका(७ बाखाकुवामा दुर्घटना भएको थियो ।
६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । उनीहरूलाई उपचारका लागि धरान लगिएको छ ।
प्रहरीले मृत्यु तथा घाइतेको विवरण उपलब्ध गराएको छ
मृत्यु घटनास्थलमै
१.. मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ चालक
२. चन्द्रप्रकाश राई-हतुवागढी-२
३. रामकुमारी राई (ममता)- हतुवागढी-५
४. पदमबहादुर थापा- बराहक्षेत्र-३
५. दिशान राई- हतुवागढी-२ (६ महिनाको)
६. कमला अधिकारी इटहरी
७. पर्वतमाया राई-हतुवागढी- २
बीपी स्वास्थ्य प्रतिष्ठानमा
८. किसन राई -हतुवागढी-५
घाइते
१. विशेष पराजुली कानेपोखरी
२. सावित्रा राई
३. मिनु राई
४. शान्तिकला राई
५. सविना परियार
६.गायत्री थापा कटुवाल
७.सुशील परियार
८. कुलबुङ्ग राई
९. निकिता कटुवाल

