काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ भने धेरैजसो स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा वर्षा हुने अनुमान गरिएको छ ।
यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
राति देशको पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । यस अवधिमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको भनाइ छ ।


