चैत ११ चितवन । मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । यही चैत १४ गते सोमबार एक दिन नियमित मर्मतसम्भारका लागि बन्द गरिने भएको हो ।
मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने छ ।