नेपाली बजारको सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारको सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन अघिल्लो दिन तोलामा एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइहरहेको महासंघले जनाएको छ ।–00

 

Share:

सम्बन्धित समाचारहरु