मुग्लिन–नारायणगढ सडक सञ्चालनमा, तुइन खोलाको पहिरो ६ घण्टापछि पन्छाइयो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक फेरि सञ्चालनमा आएको छ।

सोमबार मध्यान्ह खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो। करिब ६ घण्टासम्मको प्रयासपछि पहिरो पन्छाइएपछि साँझ ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडक अब सञ्चालनमा आए पनि यो क्षेत्रमा बारम्बार पहिरो खस्ने जोखिम कायम रहेकोले यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु