सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

चैत ११ सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुरमा ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।

प्रदेश २–०३ ००१ त २४३९ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।ठक्करबाट गम्भीर घाइते बालकको उपचारको क्रममा जिल्ला अस्पताल मलंगवामा मृत्यु भएको हो।

ठक्कर पश्चात चालक फरार छन् भने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु