करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

चैत ८ काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर आज(मंगलबार)नेकपा एमाले प्रवेश गर्ने भएकी छन्।अभिनेत्री मानन्धरका साथै पूर्वमन्त्री प्रेम बहादुर सिंह पनि एमाले प्रवेश गर्दै छन्।

उनीहरूलाई आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (थापाथली) मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सिंह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानीमन्त्री बनेका थिए।

यस्तै अभिनेत्री मानन्धरले डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट दलगत राजनीति सुरु गरेकी थिइन्। तर पछि निष्क्रिय रहिन्। अहिले फेरि एमालेबाट राजनीतिक यात्रा अगाडि बढाउन लागेकी हुन्।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु